१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ वर्षपछि बन्यो तनहुँ र चितवन जोड्ने ठिमुराको पक्की पुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:४२:oo

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० कात्तिक ०७१ मा सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दै नौ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएपछि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घघाटन गरेका छन् । पुलले जोडेको देवघाट गाउँपालिका राष्ट्रपति रामचन्द्र पौडेलको तत्कालीन निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । 

भूकम्प, कोभिड र डिजाइन परिवर्तनलगायत कारण देखाउँदै म्याद थपिएको यो पुल दुईपटकसम्म निर्माणकै क्रममा भत्किएको थियो । पुल भत्कँदा तीनजना मजदुरको ज्यानसमेत गएको थियो । सुरुमा भ्याटसहित १९ करोड १० लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले ठेक्का पाएको थियो । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर करिब २२ करोड पु¥याइएको थियो । सो पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ ।

ad
ad