Skip This
इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जनकुमार दाहाललाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १९ आइतबार o८:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जनकुमार दाहाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o८:५६:oo

जाजरकोट भूकम्पको समग्र मूल्यांकन कसरी गर्न सकिन्छ ?
पश्चिम नेपाल ठुल्ठुला भूकम्प जाने ठाउँ नै हो । यहाँ लामो समयदेखि ठुलो शक्ति सञ्चय भइरहेको छ । पछिल्लो समयमा यस क्षेत्रमा मध्यमस्तरका भूकम्प जान थालेको देखिन्छ । केही अघि अध्ययनको सिलसिलामा अहिलेको प्रभावित क्षेत्रमा पुग्दा हामीले यस्तो क्षतिको त्यतिखेरै आकलन गरेका थियौँ । किनकि, त्यहाँका माटो, ढुंगाका भौतिक संरचना निकै कमजोर देखिन्थे । यो भूकम्पले त्यहाँका घरहरू साँच्चै बस्नलायक थिएनन् भन्ने देखाइदिएको छ । खासमा यो भूकम्प त्यति ठुलो क्षति गर्ने खालको होइन । तर, यसबाट जेजस्तो क्षति भयो, त्यसले भविष्यमा यस क्षेत्रका भौतिक संरचनामा व्यापक सुधार गर्नुपर्ने पाठ सिकाएको छ । 

०७२ को भूकम्पपछि हामीले कति सिक्यौँ र कति बिर्सियौँ ? 
गोर्खा भूकम्पपछि हामीले सिक्न त धेरै सिक्यौँ । तर, त्यसले असर पारेका क्षेत्रमा मात्र हामीले ध्यान दियौँ । पश्चिम नेपालको सम्भावित खतरातर्फ ध्यान दिएनौँ । अहिलेको जाजरकोट भूकम्पले हामीलाई अब सिंगो देशभरि नै सुरक्षित भौतिक संरचना निर्माणका लागि घचघच्याएको छ । यसले अब पनि हामीले पूरै देशका लागि नसोच्ने हो भने भविष्यमा झनै ठुला विपत्तिको सामना गर्नुपर्ने खतराको घन्टी बजाइदिएको छ । 

पछिल्लो समयमा भूकम्पीय जोखिम पश्चिम नेपालतिर ‘सिफ्ट’ भएको हो ?
त्यस्तो होइन । हाम्रो सिंगो देश नै भूकम्पीय जोखिमको क्षेत्रमा रहेको हुनाले यहाँ जुनसुकै क्षेत्रमा जत्रोसुकै र जहिलेसुकै भूकम्प जान सक्छ । हामीकहाँ विसं १९९० को भूकम्पको शृंखला नजिकिँदै छ । त्यसैले, ‘रिस्क’ सबैतिर छ ।