मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २६ शुक्रबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २६ शुक्रबार ११:४३:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थितिको समीक्षा गर्ने, पार्टीका भूगोलकेन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिनेछ ।