मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १७ बुधबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा बरामद ११ केजी सुन तस्करीका मुख्य व्यक्ति स्वयम्भूबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १७ बुधबार १४:५२:००

दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिक तासी दावा भन्ने आगर लामालाई पक्राउ गरेको हो।

उनी सुन तस्करी गराउन लगाउने प्रमुख व्यक्ति भएको सिआइबीका एसपी नवराज अधिकारीले बताए। लामा स्वयम्भूको किमडोलमा बस्दै आएका थिए।

उनको समूहले तस्करी गरेको ११ केजी सुन दोलखा प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको छ। जसमा यसअघि आठजना पक्राउ परिसकेका छन्।