१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १५:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘मुक्तिनाथ सेयरधनी बचत खाता’मा सुविधाहरू थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १५:५३:oo

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरूलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीहरूबीच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।

यो सम्झौताबमोजिमका सुविधाहरू ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकहरूले पाउने बैंकले जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीनवटा कम्पनीले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका सेयर ब्रोकर कम्पनीहरू)ले दिने विभिन्न सेवा सुविधा पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात रु.१०० मा खोल्न सकिन्छ। यसैगरी, निःशुल्क कनेक्ट आइपिएस रजिस्ट्रेसन, निःशुल्क मोबाइल बैैंकिङ र इन्टरनेट बैंकिङ तथा मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन र पोर्टफोलियो व्यवस्थापन सेवामा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाइनेछ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आबद्ध भएका छन्।