Skip This
बालोन डिअरमा मेसी र हाल्यान्ड दाबेदार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Saturday, 13 July, 2024
जुरिच
२o८o भदौ २२ शुक्रबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बालोन डिअरमा मेसी र हाल्यान्ड दाबेदार

Read Time : > 1 मिनेट
जुरिच
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार ११:o८:oo

पाँचपटकको विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो करिअरमा पहिलोपटक बालोन डिअरको अन्तिम ३० खेलाडीभित्र परेनन्

गत सिजनमा युरोपियन र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रदर्शन गरेका आधारमा फिफाले बिहीबार बालोन डिअर २०२३ का लागि ३० खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । यसपटकको बालोन डिअर उपाधिका लागि म्यानचेस्टर सिटीका सर्वाधिक सात खेलाडी परेका छन् । गत सिजन सिटीले युरोपमा ट्रेबल उपाधि जितेको छ । इंग्लिस प्रिमियर लिगमा टे«बल गर्ने सिटी दोस्रो क्लब बनेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलोपटक ट्रेबल उपाधि जितेको थियो । आश्चर्यजनक रूपमा यसपटक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तिम ३० भित्र पर्न सकेनन् । उनी सन् २००३ पछि सूचीमा नपरेका हुन् । 

रोनाल्डोले बालोन डिअर पाँचपटक जितेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट उनले चार र एकपटक म्यानचेस्टर युनाइटेडबाट जितेका थिए । गत सिजन उनी युनाइटेड छाड्दै कीर्तिमानी रकममा साउदी प्रो लिगमा आबद्ध भएका थिए । फिफाले युरोपियन लिग र अन्तर्राष्ट्रिय खेलका आधारमा खेलाडी छनोट गरेको जनाएको छ । 

साउदी प्रो लिगमा रोनाल्डोको आगमनपछि विश्वको ध्यान केन्द्रित भएको छ । यसअघि साउदी प्रो लिगको त्यति चर्चा थिएन । युरोपियन लिग खेल्ने खेलाडीहरूको बाहुल्य रहेको सूचीमा अमेरिकाको इन्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार मनोनयनमा परेका छन् । गत वर्ष उनकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप उपाधि जितेको थियो । उनी यसपटक पनि उपाधिका प्रमुख दाबेदार मानिन्छन् । अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउन प्रमुख भूमिका निर्वाह गरेका कारण उनलाई दाबेदारका रूपमा हेरिएको हो । यसअघि उनले यो उपाधि कीर्तिमानी रूपमा सातपटक जितेका थिए । 

हाल्यान्डको मेसीलाई चुनौती 
प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीलाई तीन प्रमुख उपाधि दिलाउँदा नर्वेका स्ट्राइकर इर्लिन हाल्यान्ड मुख्य खेलाडी बनेका थिए । गत सिजनमा इंग्लिस क्लब सिटीका लागि गोलमेसिन बनेका हाल्यान्डले यसपटक बालोन डिअरमा मेसीलाई चुनौती दिन सक्ने जनाइएको छ । बिबिसीले हाल्यान्ड सम्भावित दाबेदार खेलाडीका रूपमा उल्लेख गरेको छ । हाल्यान्डले इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

गोल मात्र नभएर उनले असिस्टमा समेत प्रमुख भूमिका निर्वाह गरे । हाल्यान्डसँगै सिटीबाट जोस्को ग्वार्डियोल, केभिन डे ब्रुयने, बर्नार्डो सिल्भा, रुबेन डायस, रोड्री र जुलियन अल्भारेज मनोनयनमा परेका छन् । सिटीका सात गरी समग्रमा बालोन डिअरमा इंग्लिस क्लबबाट १२ खेलाडी परेका छन् । आर्सनलका साका, मार्टिन, लिभरपुलका मोहमद सलाह, म्यानचेस्टर युनाइटेडका गोलरक्षक एन्डे« ओनाना र आस्टोन भिल्लाका गोलरक्षक इमिलिआनो मार्टिनेज परेको बिबिसीले जनाएको छ ।

सात स्पेनिस क्लबका खेलाडी
अवार्डमा स्पेनिस क्लबबाट सात खेलाडी मनोनयनमा परेका छन् । बालोन डिअरका साबिक विजेता करिम बेन्जिमा अहिले साउदी प्रो लिग अल इतिहादमा आबद्ध छन् । गत वर्ष उनले रियल म्याड्रिडमा रहँदै उपाधि जितेका थिए । उनको उपाधि रक्षा गर्ने सम्भावना निकै कम देखिएको छ । स्पेनिस क्लबमा रियल म्याड्रिडकै दबदबा छ । म्याड्रिडबाट जुड बेलिङघम, भिनिसियस जुनियर र लुका मोड्रिच परे । यसैगरी, बार्सिलोनाबाट रोबर्ट लेवान्डोस्की र इल्के गुन्डोगन रहे । सेभिल्लाबाट यासिन बोनौ र एटलेटिको म्याड्रिडबाट एन्टोइन ग्रिजम्यान मनोनयनमा परेका छन् । 

ad
ad
ad
ad