१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o३:oo

एसिया केप क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शनलाई कसरी हेर्नुभएको छ ?
नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरेका छन् । भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका अग्रणी मुलुकसँग प्रतिस्पर्धा गर्नु आफैँमा एउटा सफलता हो । नेपाली खेलाडीले दुवै टोलीलाई टक्कर दिएका छन् । पाकिस्तानसँग बलिङ राम्रो भए पनि ब्याटिङमा केही कमजोरी देखियो । भारतसँगको ब्याटिङ सन्तोषजनक नै रह्यो । हाम्रो क्षमता र तयारीका हिसाबमा भारतसँग राम्रो खेलेका हुन् हाम्रा खेलाडीले ।   

नेपाली क्रिकेटको मूल समस्या के हो ? 
हाम्रो क्रिकेटको मूल समस्या भनेको म्यानेजमेन्ट र सुशासन नहुनु हो । जबसम्म नेपाली क्रिकेटमा यी दुई पक्ष कमजोर रहन्छन्, तबसम्म जति पैसा खन्याए पनि त्यसको परिणाम देखिन सक्दैन । त्यसैले, सबैभन्दा पहिले नेपाली क्रिकेटको आधिकारिक निकायमा ‘सिस्टम’ को विकास गर्नुपर्छ । ‘भिजनरी म्यानेजमेन्ट’ भयो भने लगानी पनि सँगै आउँछ । भारतमा पनि सरकारले गरेर होइन, बिसिसिआई आफैँले गरेर लगानी आएको हो ।    

नेपाली क्रिकेटलाई अझै माथि पुर्‍याउन के गर्नुपर्ला ? 
हामीकहाँ भौतिक पूर्वाधारको कुरा गर्दा स्टेडियम भएन भन्ने गरिन्छ । तर, मेरो विचारमा जहाँ जहाँ क्रिकेटको माहोल छ, त्यहाँ अभ्यासका लागि सामान्य मैदान, नेट र खेल सामग्री उपलब्ध गराउन सक्नुपर्छ । राजधानीमै पनि १४–१५ वर्षका किशोरकिशोरीले क्रिकेट अभ्यास गर्ने मैदान छैन । हाम्रो समस्या ‘फेन्सी स्टेडियम’ होइन, सामान्य अभ्यास गर्ने मैदानको अभाव हो । 

ad
ad