१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
एजेन्सी
२o८१ जेठ १४ सोमबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लुइस चार वर्ष जेल जान सक्ने

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:o८:oo

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस चार वर्ष जेल जान सक्ने भएका छन् । लुइसविरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन कमिटीले पनि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

स्पेनको अदालतले सार्वजनिक स्थलमा यौन दुव्र्यवहार गरेको आरोप ठहराए उनी चार वर्ष जेल चलान हुन सक्ने स्पेनिस मिडियाले जनाएको छ । गत महिना अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराएपछि स्पेन पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । 

पदक वितरण समारोहमा फुटबल संघका अध्यक्ष लुइसले च्याम्पियन खेलाडी जेनी हेर्मोसोलाई तीनपटक चुम्बन गरेका थिए । स्ट्राइकर जेनीले तत्काल केही प्रतिक्रिया दिइनन् । होटेलमा पुगेपछि उनले आफ्नो स्वीकृतिविना अध्यक्षले चुम्बन गरेको जनाइन् ।

उनले फिफा र स्पेनिस फुटबल संघमा आफूमाथि भएको यौन दुव्र्यवहारको अपिल गरिन् । पदक वितरणमा आफूले नियन्त्रण राख्न नसकेको र खराब विचारले खेलाडीलाई चुम्बन नगरेको लुइसले प्रतिक्रिया दिएका थिए । 

ad
ad