Skip This
लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झालाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १० आइतबार o९:o३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार o९:o३:oo

स्थापनाको दुई वर्ष पुग्दा पनि पार्टी अझै भद्रगोल स्थितिमै देखिन्छ नि ? 
हामीले मधेस आन्दोलनमार्फत स्थापित गरेका मुद्दा इमानदारीपूर्वक उठाइरहेका छौँ । सांगठनिक संरचना निर्माण गर्न नसकेको चाहिँ सत्य हो । ससाना दल मिलेर बनेको पार्टी भएका कारण यस्तो भएको हो । पार्टीको अन्तरिम विधानलाई पछ्याउँदै छिट्टै केन्द्रमा पदाधिकारी चयनदेखि पालिका स्तरसम्मका कमिटीलाई पूर्णता दिएर अधिवेशनको मोडलमा जाने तयारीमा छौँ ।

मधेसको बलियो शक्ति लोसपा अहिले चार सिटमा खुम्चिनुलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 
प्राविधिक तयारी नपुग्दा गत निर्वाचनमा हामी राष्ट्रिय दल हुन सकेनौँ । यसलाई ठूलो असफलता ठानेका छौँ । हामीले जनता समाजवादी पार्टी (जसपा) निर्माण गर्नु एउटा गल्ती थियो । हामीले जसपालाई लोकतान्त्रिक प्रक्रियाले अगाडि बढाउन खोज्यौँ तर उपेन्द्र यादव कम्युनिस्ट शैलीमा हिँड्दै आफ्नो पक्षमा बहुमत पु¥याउनतिर लाग्नुभयो । परिणामतः हामी जसपाबाट अलग्गियौँ । यसको कारणबारे मतदातालाई प्रस्ट पार्न नसक्नु हाम्रो कमजोरी भयो । अर्को कुरा, केपी ओलीले संसद् विघटन गर्दा त्यसको फड्के किनाराको साक्षी बन्नु पनि हाम्रा लागि घातक साबित भयो । 

मधेसमा अहिले गुमेको शक्ति ०८४ मा फिर्ता ल्याउने केकस्ता योजना छन् त ?
१६ फागुन, ०६४ मा तत्कालीन सरकारसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको आठबुँदे सम्झौता नै हाम्रो राजनीतिक ‘रोडम्याप’को आधारशिला हो । हामी त्यसैमा टेकेर राजनीतिक ‘कोर्स’ अगाडि बढाउँछौँ । तराई–मधेसको वैकल्पिक शक्ति बन्ने हाम्रो जमर्को रहनेछ । त्यहीअनुसार कार्यविभाजन गरी पदाधिकारी चयन गर्नेछौँ । अधिवेशन गर्दै गाउँस्तरसम्म पार्टीलाई बलियो बनाउँछौँ । अबका दिनमा लोसपा त्यही मिसनअनुसार अघि बढ्छ ।