१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २३ आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिगमनविरुद्धको समाजवादी मोर्चामा इतिहासका ठूला-ठूला कमान्डर एकजुट छन् : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३४:oo

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको प्रथम सन्देश सभालाई विशिष्ट रणनीतिक र भूमिकाका साथ वीरगन्जबाट अगाडि बढाइएको बताएका छन्। उनले नेपालको आर्थिक र औद्योगिक द्वारको रूपमा परिचित नगरी नै रोज्नुको विशिष्ट अर्थ रहेको बताएका हुन्।  

समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यहाँबाट समाजवादी मोर्चाको देशव्यापी सकारात्मक सन्देश जाने भएकाले वीरगन्जबाट सुरुवात भएको बताए।

समाजवादको यात्रालाई अगाडि बढाउने उद्देश्यका साथ मोर्चाको कार्यक्रम अगाडि बढेको बताउँदै प्रचण्डले भने, ‘समाजवादी मोर्चा प्रतिगमनकारीहरूको विरुद्ध बनेको हो।  यो मोर्चामा इतिहासका ठूला–ठूला कमान्डर एकजुट भएर लागेका छन्,’ उनले भने, ‘संविधानमा अहिले पनि आफैँमा पूर्ण छैन, केही कुरा अहिले पनि पूरा भएका छैनन्। ती संशोधन र परिमार्जन गर्न बाँकी छ।’ 

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक संविधासभाको निर्वाचन सिराहाबाट जितेकै वेला संविधान संशोधनको प्रस्ताव दर्ता गराएको स्मरण गराए।उनले दुईपटक संविधान संशोधनको प्रस्ताव गर्दा देशमा जनताको विश्वास पलाएको भए पनि मधेसविरोधी र संविधानको धज्जी उडाउनेहरू सकारात्मक नहुँदा अगाडि बढाउन नसकिएको बताए।
 
 

ad
ad