१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
जस्टिन ट्रुडो र सोफी ग्रिगोइर
२o८१ बैशाख २३ आइतबार १o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

प्रतिद्वन्द्वीका लागि अवसर होइन ट्रुडोको सम्बन्धविच्छेद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:५५:oo

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रिगोइर ट्रुडोले १८ वर्षको वैवाहिक जीवनपछि सम्बन्धविच्छेदको घोषणा गरे । यी दम्पतीका तीन सन्तानलाई घरको सुखद वातावरणमा हुर्केको देखेका सर्वसाधारण क्यानेडलीलाई यो आश्चर्यजनक घोषणाले स्तब्ध बनायो । 

‘सोफी र म थुप्रै अर्थपूर्ण र कठिन छलफलपश्चात् हामीले अलग हुने निर्णय गर्‍यौँ,’ इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एउटा सन्देशमा ट्रुडोले लेखेका छन् । यस्तो घटनाले मानिसलाई आफ्नो व्यक्तिगत र राजनीतिक जीवनबारे सोच्न बाध्य तुल्याउँछ । सम्बन्धविच्छेद कुनै पनि परिवारका लागि चुनौतीपूर्ण प्रक्रिया हो र हामीमाझको मानवीय भावनाले यसमा संलग्न सबैको राम्रो होस भन्ने कामना गर्छ । तर, हाइप्रोफाइल राजनीतिज्ञका लागि सम्बन्धविच्छेदको सामना विशेषरूपले बढी चुनौतीपूर्ण हुन्छ किनकि राजनीतिमा तपाईंले चाहेको परिणाम प्राप्त गर्न हरेक पक्ष व्यवस्थित हुनुपर्छ । ट्रुडोका प्रतिपक्षीहरूमा उनको ब्रेकअपलाई आफ्नो राजनीतिक उद्देश्यमा उपयोग गर्ने लालच हुन सक्छ, तर यस्तो कुनै पनि आक्रमणको अधिकतम प्रभावकारिता भुत्ते र न्यूनतममा निर्दयी सुनिने खतरा छ । 

‘राष्ट्रका शयनकक्षमा राज्यलाई कुनै स्थान छैन (अर्थात् राज्यलाई वयस्कहरूको ओछ्यानमा के भइरहेको छ भनेर चहार्ने छुट छैन)’ भन्ने पियरे ट्रुडोको उखान आज पनि राजनीतिज्ञ (उनका जेठो छोरा एवं देशका वर्तमान प्रधानमन्त्रीसमेत)का लागि उत्तिकै सत्य छ, जति अन्य सर्वसाधारण नागरिकका लागि छ । 

वास्तवमा पियरे ट्रुडोको मार्गरेट ट्रुडो (जस्टिन ट्रुडोकी आमा)सँगको वैवाहिक सम्बन्ध पनि त्यतिवेला टुटेको थियो जतिवेला उनी प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका थिए ।

क्यानडामा एउटा निकै लामो समयदेखि चलिआएको परम्परा छ र त्यो अझै पनि जीवितै देखिन्छ । व्यक्तिगत कुराले सार्वजनिक दायरा नाघेर निन्दनीय नबन्दासम्म यहाँ राजनीतिज्ञहरूको निजी पारिवारिक जीवनलाई संयुक्तराज्य अमेरिकामा जस्तो राजनीतिक निधिखोजी र आलोचनाको विषय बनाइँदैन । हो, जस्टिन ट्रुडोको युगमा सार्वजनिक र निजी जीवनबीचको पर्खाल केही हदसम्म भत्किएको छ । यसका धेरै कारण छन् । पहिलो, ट्रुडो आफैँले कैयाँैपटक राजनीतिक छवि निर्माण गर्न परिवारलाई संलग्न गराएका छन् ।

यसबीच, क्यानडाको राजनीतिक संस्कृति बढ्दो रूपले धु्रवीकृत हुँदै जाँदा विशेष गरी अनलाइन र राजनीतिक वृत्तको आलोचनाबाट सुरक्षित विषय पनि कम हुँदै गएका छन् । कुनै तथ्यपरक सामग्रीविना स्वतन्त्र रूपले सञ्चालित अनलाइनबाट अप्रिय आक्रमण हुने दुर्भाग्यपूर्ण सम्भावना देखिन्छ । यो सम्बन्धविच्छेदले ट्रुडोको राजनीतिक करिअरमा कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ । यसले चुनौतीको संकेत गर्छ । तर, यो प्रधानमन्त्री र उनकी श्रीमती दुवैका लागि अवसर पनि हो । यदि यो एकदमै सचेत र आपसी समझदारीयुक्त ब्रेकअप हो भन्ने सार्वजनिक छविमा दरार देखापर्न थाल्यो भने यसले ट्रुडोलाई हेर्ने दृष्टिकोणमा अनिवार्य रूपमा असर गर्नेछ । किनकि उनले आफ्नो एक समर्पित पति र पिताको छवि विकास गर्न निकै ठूलो प्रयास गरेका थिए ।                 

–द कन्भर्सेसनबाट
 

ad
ad