१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवल पावरलाई गोल्ड अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१५:oo

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पावर एन्ड इनर्जी क्षेत्रतर्फ बुटवल हाइड्रोपावर कम्पनीले गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिंह लालाले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका दुईवटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँचीका करिब ६२ हजार ग्राहकलाई विद्युत् वितरण गरी आएको छ । हाल सञ्चालनमा रहेका ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा चार मेगावाटको खुदी जलविद्युत् आयोजनामा पनि कम्पनीको लगानी रहेको छ भने पूर्वनिर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करिब ६ सय मेगावाटका तीनवटा जलविद्युत् आयोजनाहरूमा समेत लगानी रहेको छ ।
 

ad
ad