१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Monday, 15 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ३१ आइतबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो अवस्थामा मात्रै मेरुदण्डको शल्यक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार ११:३५:oo

हिजोआज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुखाइ हुने गर्छ । यसबाहेक चोटपटक, संक्रमण, हड्डीमा ट्युमर तथा क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउन सक्छ । समग्रमा यसलाई मेरुदण्ड (स्पाइन)सम्बन्धी समस्या भनेर बुझ्नुपर्छ । सुरुमा यो समस्या सामान्य देखिए पनि यसले दीर्घकालीन असरसमेत गर्न सक्छ । त्यसैले यस्तो समस्याका कारण र दीर्घकालीन समाधान खोज्न आवश्यक छ । 

कस्तो अवस्थामा शल्यक्रिया गर्नुहुँदैन ?
मेरुदण्डसम्बन्धी समस्या भएका अधिकांशलाई शल्यक्रियाविना नै ठीक पार्न सकिन्छ । बस्दा वा काम गर्दा ढाडलाई असर नपर्ने गरी बस्ने, नियमित व्यायाम गर्ने, औषधि सेवन तथा फिजियोथेरापीबाट मेरुदण्ड दुख्ने समस्याको उपचार गर्न सकिन्छ । त्यस्तै, नसा च्यापिएर हुने दुखाइको उपचार कहिलेकाहीँ प्यारालाइसिस हुने डरले शल्यक्रिया गर्नुपर्ने हुन्छ । यदि बिरामीको अवस्था सामान्य भएमा फिजियोथेरापीमार्फत पनि निको बनाउन सकिन्छ । त्यसैले हतारमा शल्यक्रिया गर्नुहुँदैन । कतिपय अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । सामान्य समस्या मात्र भनेर वास्ता नगर्दा भविष्यमा यसले ठूलो रूप लिन सक्छ । त्यसैले यसको पहिचान वेलैमा गर्न जरुरी छ । 

कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?
मेरुदण्डसम्बन्धी बिरामीमध्ये करिब १० प्रतिशतको मात्रै शल्यक्रिया गर्न आवश्यक हुन्छ । तपाईंलाई अत्यधिक दुखाइका कारण संक्रमण र ट्युमर हुन सक्ने भएकाले शल्यक्रिया (स्पाइनल सर्जरी)को जरुरी हुन्छ । 

- मेरुदण्ड बांगिने समस्या स्कोेलियोसिस र किफोसिस भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

- विभिन्न कारणले नसा च्यापिएर प्यारालाइसिस हुने स्थिति आएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।

- विशेषगरी, अग्लो ठाउँबाट लड्दा वा सवारी दुर्घटनामा हड्डी भाँचिएर नसा च्यापिन सक्छ । यस्तो वेला शल्यक्रिया गर्नुपर्छ । 

- ढाडमा चोटपटक लागेर हड्डीमा समस्या आएमा पनि शल्यक्रिया आवश्यक छ । 

कारण, रोकथाम र उपचार

- घन्टौँसम्म टिभी, मोबाइल, ल्यापटप, कम्प्युटर हेर्ने मानिसमा मेरुदण्डसम्बन्धी समस्या देखिन्छ । आधुनिक उपकरण प्रयोग गरी घन्टौँ निहुरिएर, सुतेर वा एउटै पोजिसनमा बसेर हेर्ने गरिन्छ, जसले गर्दा मेरुदण्डसम्बन्धी समस्या आएको देखिन्छ । 

- एकातिर मात्र निहुरिएर बस्दा मेरुदण्डको माथिल्लो भागमा दुखाइ उत्पन्न हुन्छ । मेरुदण्डलाई बांगो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब पर्छ र च्यापिने हुन्छ । जुन भागमा बढी दबाब पर्‍यो, त्यही ठाउँको नसा च्यापिने खतरा हुन्छ । 

- मेरुदण्डमा समस्या आउँदा कुप्रिँदै जाने हुन्छ । जसले गर्दा मुटु, फोक्सो र छातीमा समेत असर गर्छ । त्यसकारण, मेरुदण्डमा समस्या आउन नदिन समयमै यसबारे सचेत हुन आवश्यक हुन्छ । 

- गर्दनलाई असर पर्ने गरी गह्रौँ तौल भएको सामान उठाउने गर्नुहुँदैन । यसले मेरुदण्डको हड्डीलाई असर पुर्‍याउने खतरा हुन्छ । 

- सुत्ने तरिकामा पनि पनि निर्भर रहन्छ । दैनिक घोप्टो परेर सुत्दा मेरुदण्डलाई असर पर्छ । जसले पेटको बलले मेरुदण्ड, गर्दन र जोर्नीमा दुखाइ उत्पन्न गराउँछ । 

- क्याल्सियमको कमीले पनि मेरुदण्डमा समस्या देखा पर्छ । जसले गर्दा क्याल्सियमजन्य खाद्यपदार्थ नियमित सेवन गर्नुपर्छ ।

- धूम्रपानमा हुने निकोटिनले रक्तसञ्चारमा असर पार्दछ । त्यसकारण सकेसम्म धूम्रपान नगरेकै राम्रो हुन्छ । 

ad
ad
ad
ad