१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दीपक अधिकारी काठमाडौं
२०८० असार ७ बिहीबार १३:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कतिवेलासम्म बाँधिएलान् वेस्ट इन्डिजका ब्याटर ?

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०८० असार ७ बिहीबार १३:३२:००

वेस्ट इन्डिज विश्व क्रिकेटमा विस्फोटक ब्याटिङले चिनिन्छ । उसका ब्याटरदेखि बलरसम्म ठूला सट प्रहार गर्न माहिर छन् । 

टेस्टराष्ट्रका बलर पनि वेस्ट इन्डिजका ब्याटरअगाडि बलिङ गर्न सहज मान्दैनन् । तर, त्यही विस्फोटक वेस्ट इन्डिजका प्रारम्भिक ब्याटर नेपाली बलरसामु खुल्न सकेका छैनन् । 

१० ओभरको खेल सकिँदा वेस्ट इन्डिजले दुई विकेट गुमाएर जम्मा ३० रन बनाएको छ । यतिवेलासम्म उसले जम्मा चारवटा मात्र चौका प्रहार गरेको छ । 

६ ओभरभित्र वेस्ट इन्डिजले एउटा मात्रै चौका प्रहार गरेको थियो । नेपालले बलिङमा ललित राजवंशी, करन केसी र गुल्सन झालाई प्रयोग गरेको छ । 

करन र गुल्सनले एक–एक विकेट लिइसकेका छन् । ललितले पनि निकै कसिलो बलिङ गरेका छन् । वेस्ट इन्डिजलाई रोक्ने हो भने लगातार अन्तरमा विकेट लिन सक्नुपर्छ । किनभने, वेस्ट इन्डिज त्यस्तो राष्ट्र हो, जसले जुनसुकै वेला रनको पहाड खडा गर्न सक्छ ।