१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजलाई तेस्रो झड्का, सन्दीपले दिलाए सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:५७:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । 

वेस्ट इन्डिजले १५.३ ओभरमा ५५ रनको स्थितिमा तेस्रो विकेट गुमाएको हो । ४२ बलमा ३२ रन बनाइसकेका वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किङलाई सन्दीपले बोल्ड गरे । 

जारी प्रतियोगितामा सन्दीपको यो पहिलो विकेट हो । उनले यसअघि जिम्बावे र अमेरिकासँगको खेलमा विकेट लिन सकेका थिएनन् । 

सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । उनले पहिलो ओभर मेडन दिएका थिए ।

ad
ad