१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वेस्ट इन्डिजको १५० रन पूरा, क्रिजमा जम्दै पुरन र होप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:५o:oo

सुरुवातमै लगातार तीन झड्का व्यहोरेको वेस्ट इन्डिज सम्हालिएको छ । ३० ओभरको क्षतिमा उसले एक सय पचास रन पूरा गरेको छ ।

धराशायी बनेको इनिङलाई कप्तान साई  होप र निकोलस पुरनले सम्हालेका छन् । होपले व्यक्तिगत २४औँ अर्धशतक पूरा गरिसकेका छन् । उनले जारी प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । उनले एक छक्का र ६ चौकाको मद्दतमा ८४ बलमा ६७ रन बनाएका छन् । 

यस्तै, पुरन अर्धशतकको नजिक पुगेका छन् । पुरनले दुई छक्का र तीन चौका प्रहार गरिसकेका छन् । 

यी दुईबीच ८७ बलमा ९५ रनको साझेदारी भइसकेको छ । वेस्ट इन्डिजले दुई रन बनाउँदा पहिलो, ९ रन बनाउँदा दोस्रो र ५५ रन बनाउँदा तेस्रो विकेट गुमाएको थिए । 

१६औँ ओभरमा विकेटकिपर आसिफ सेखबाट जीवन दान पाएका पुरन आक्रामक देखिएका छन् । 

ad
ad