१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजले बनायो रनको पहाड, नेपाललाई ३४० रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३४:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले तीन सय ४० रनको लक्ष्य पाएको छ।

टेस्टराष्ट्र वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा तीन सय ३९ रन बनाएपछि नेपालले तीन सय ४० रनको लक्ष्य पाएको हो। 

वेस्ट इन्डिजको इनिङमा कप्तान साई होप र निकोलस पुरनले शतकीय इनिङ खेले। होपले एक सय २८ बलमा एक सय ३२ रन बनाए। उनले दश चौका र तीन छक्का प्रहार गरे। पुरनले ९४ बलमा एक सय १५ रनको योगदान दिए। उनले चार छक्का र दश चौका प्रहार गरे।

५५ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको अवस्थामा यी दुईबीच दुई सय १६ रनको साझेदारी भएपछि वेस्ट इन्डिजले विशाल स्कोर खडा गरेको हो। दुईपटक जीवनदान पाएका पुरनले त्यसको फाइदा उठाउँदै एकदिवसीय करियरमा दोस्रो शतक बनाए। उनी दुवैपटक विकेट किपर आसिफ सेखबाट क्याच मिस भएका थिए।

नेपालका लागि ललित राजवंशीले तीन तथा करन केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक–एक विकेट लिए। ललितले अन्तिम ओभरमा दुई विकेट लिए। 

नेपाली बलरले २० ओभरसम्म खेललाई आफ्नो नियन्त्रणमा राखेका थिए। तर, कप्तान होप र पुरनको साझेदारी तोड्न नसक्दा नेपालले जितका लागि विशाल लक्ष्य पाएको हो। 
  
जिम्बावेको हरारेस्थित खेलमैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो। एकदिवसीय म्याचमा नेपाल र वेस्ट इन्डिजसँग पहिलोपटक आमनेसामने भएका हुन्।

ad
ad