१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार ३ आइतबार ०८:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल समूह चरणबाटै बाहिरियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ३ आइतबार ०८:५९:००

दुई खेल वर्षाले अवरुद्ध भएपछि नेपालको सम्भावना समूह चरणबाटै समाप्त भएको हो

नेपाल एसिसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । हङकङमा चलिरहेको प्रतियोगितामा दुई खेल वर्षाले अवरुद्ध भएपछि नेपालको सम्भावना समूह चरणबाटै समाप्त भएको हो । शनिबारका लागि तय नेपाल र घरेलु टोली हङकङबीचको खेल वर्षाका कारण अवरुद्ध भएको थियो । यसपछि नेपाल अघिल्लो चरणमा जान नसक्ने अवस्थामा पुग्यो । 

यसअघि वर्षा हुँदा नेपालले भारतसँग पनि खेल्न पाएन । पाकिस्तानसँग भने ९ रनले पराजित भयो । पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै पाकिस्तान ए टोलीलाई ८७ रनमा अलआउट गरेको थियो । तर, ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । थाइल्यान्डले अन्तिम समयमा भिसाका कारण नाम फिर्ता लिएपछि नेपालले अवसर पाएको थियो । 

शनिबार नै भारत ए र पाकिस्तान एको खेल पनि रद्द भयो । चार–चार अंक पाएका दुवै टोली सेमिफाइनलमा पुगेका छन् । तीन खेलबाट नेपाल र हङकङको समान २ अंक रह्यो । समूह चरणबाट दुवै टोली बाहिरिएका छन् । समूह बीबाट श्रीलंका ए र बंगलादेश एले सेमिफाइनलमा स्थान बनाउँदा युएई र मलेसिया समूह चरणबाटै बाहिरिए ।