१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ९ आइतबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ९ आइतबार १४:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोशी प्रदेशमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

सुदूरपश्चिमले तीनमध्ये दुई खेलमा जित निकाल्दा कोशीको लगातार तेस्रो हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ९ आइतबार १४:४२:oo

रोमाञ्चक खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि तीन रनको जित हात पारेको छ।

काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रतियोगिताको दोस्रो जित निकालेको हो।

कोशी प्रदेशको भने तेस्रो खेलमा यो तेस्रो नै हार हो। टस हारेर सुरुवातमा ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५४ रन जोडेको थियो। 

सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले जारी प्रतियोगितामा दोस्रो अर्धशतक बनाउने क्रममा ४१ बलमा ६० रनको योगदान दिए। यस्तै, दीपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन जोडे। 

कोशीका ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले दुई–दुई तथा सर्वन किस्कु र सौजन घिमिरेले एक–एक विकेट लिए। 

एक सय ५५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी प्रदेशले भने निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रन मात्र बनाउन सक्यो।

कोशीका लागि सर्वन यादवले २७ बलमा अविजित ४६ रन र दीपेश कँडेलले १० बलमा अविजित २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। 

कोशीलाई रोक्ने क्रममा सुदूरपश्चिमका नारायण जोशीले दुई, नरेन साउद र वसन्त खत्रीले एक–एक विकेट लिए। सुदूरपश्चिमका ओपनर ब्याट्समेन अभिषेक पल खेलको प्लेयर अफ दि म्याच घोषित भए।