१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख १७ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३३:oo

आयरल्यान्ड ‘ए’विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टस हारेर अहिले बलिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा आयरल्यान्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका हुन् ।

तीन खेलको शृंखलामा आयरल्यान्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृंखलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।  

नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रूपेश, रिजन, विकास आग्री छन् ।

गुजरातसँग भिड्दै नेपाल

भारतमा जारी एमएमएस फ्रेन्डसिप कपको उपाधिका लागि आज नेपाली क्रिकेट टोलीले गुजरातसँग खेल्दै छ । लिग चरणका तीन खेलमा जित निकाल्दै नेपाल विजेताका रूपमा फाइनलमा पुगेको हो भने गुजरात दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो । लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।     
 
 

ad
ad