१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गुजरातलाई हराउँदै नेपाल फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२७:oo

नेपालले बुधबार रणजी ट्रफी टोली गुजरातलाई ८ रनले हराउँदै फ्रेन्डसिप टी–२० कपको अन्तिम दुईमा स्थान पक्का गर्‍यो  

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली भारतमा चलिरहेको एसएमएस फ्रेन्डसिप टी–२० कपको फाइनलमा पुगेको छ । नेपालले बुधबार रणजी ट्रफी टोली गुजरातलाई ८ रनले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको हो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा गुजरातले २० ओभरमा सात विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमांग पटेलले २४ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । 

अभिषेक देसाई २० र प्रियस पटेलले १७ रन बनाए । हर्ष देसाईले १६ बलमा चार चौका र एक छक्काको मद्दतमा २९ रनको योगदान दिए । बलिङमा नेपालका लागि सोमपाल कामीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । गुल्सन झाले चार ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ रन खर्चेर दुई विकेट लिए । विवेक यादवले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखले ८५ रनको सर्वाधिक योगदान दिए । उनले ५१ बलमा १० चौका र पाँच छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ४४ बलमा नौ चौका र दुई छक्कासहित ६७ रनमा आउट भए । नेपालका ओपनरद्वयले १३.३ ओभरमा पहिलो विकेटका लागि १२५ रनको शतकीय साझेदारी गरेका थिए । 

कप्तान रोहित पौडेल ठूलो सट खेल्ने क्रममा ३ रनमा आउट भए । अघिल्लो खेलमा आक्रामक ब्याटिङ गरेका सन्दीप जोरा २ र गुल्सन ४ रनमा आउट भए । अनिल शाह शून्य र कुशल मल्ल १ रनमा आउट भए । गुजरातका जयमित पटेलले चार ओभरमा ४६ रन खर्चेर तीन विकेट लिए ।

आयरल्यान्ड ‘ए’ २१ रनले विजयी
नेपालको राष्ट्रिय ‘ए’ टोली खराब ब्याटिङका कारण बुधबार आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल बनायो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालले प्रतिओभर ५.३३ रनरेटमा ब्याटिङ गरेको थियो । खराब ब्याटिङकै कारण नेपालले सहज लक्ष्यसमेत पछ्याउन नसकेको हो । आयरल्यान्डका दुई बलरले घातक बलिङ गरेका थिए । लिआम म्याकार्थीले पाँच ओभरमा २९ रन खर्चेर चार विकेट लिए । म्याथ्यु हुम्फेयर्सले १० ओभरमा ३२ रन खर्चंदै सर्वाधिक पाँच विकेट लिए । उनले आफ्नो स्पेलमा तीन मेडन राखे । नेपालको ब्याटिङमा तीन ब्याट्सम्यान शून्यमा आउट भए । चार खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । 

आयरल्यान्डको ब्याटिङमा काडे कार्मिकलले सर्वाधिक ५१ रन बनाए । यसैगरी, कप्तान नेल रकले ३९ र पिटर मुरले २१ रन बनाए । इनिङ्सको एक समय आयरल्यान्ड १२६–४ को अवस्थामा थियो । त्यसपछि कमल ऐरीले ह्याट्रिक गर्दा आयरल्यान्ड १५७ रनमा अलआउट भयो । कमलले इनिङ्सको ३८.१, ३८.२ र ३८.३ ओभरमा विकेट लिँदै ह्याटिङ गरेका हुन् । यद्यपि, यो खेल अनअफिसियल भएका कारण उनको ह्याट्रिकले अन्तर्राष्ट्रिय मान्यता पाउनेछैन । 

फितलो ब्याटिङ
ओपनर देव खनालले पहिलो विकेटका लागि ५.१ ओभरमा अर्जुन कुमालसँग ३५ रनको साझेदारी गरेका थिए । नेपालले कुमाललाई नौ रनमा गुमाएको थियो । कुमाल पेभेलिन फर्केपछि नेपालले १० रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो । नेपाल एकैपटक ३५–१ बाट ४५–५ को स्थितिमा पुग्यो । भीम सार्की र आरिफ शेख शून्यमा आउट भए । अर्जुन साउदले ४ रन जोडे । बसिर अहमदले २१ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रन जोडे । देवले २२ बलमा चार चौकाको सहयोगमा २६ रन बटुले । पुछारका सहाव आलम र रिजन ढकालले नवौँ विकेटका लागि महत्वपूर्ण ३४ रन जोडे । 

ad
ad