मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०८० जेठ २३ मंगलबार २०:५४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन कप छनोट : पहिलो खेलमै नेपाल पराजित

Read Time : < 1 मिनेट
२०८० जेठ २३ मंगलबार २०:५४:००

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ। 

म्यानमारको यानगोनस्थित युबुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो। 
म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले एक गोल गरिन्। म्यानमारकी अर्की खेलाडी यिन लुन इयानले ह्याट्रिक पूरा गरिन्। उनले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। 

यसैगरी, युन वादी हलाइङले खेलको ६९औँ मिनेटमा एक गोल थपिन्। अब नेपालले आफ्नो दोस्रो खेल २५ जेठमा चीनसँग खेल्नेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन्। 

नेपाल यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।