मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १४:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतमा बिजुली निर्यात सुरु, शनिबारबाट ६०० मेगावाट आवर निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १४:३o:oo

नेपाल विद्युत प्राधिकरणले पुनः भारततर्फ विद्युत् निर्यात सुरु गरेको छ।

शुक्रबार राति १२ बजेबाट ६०० मेगावाट आवरका दरले भारततर्फ विद्युत् निर्यात थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। यो भनेको प्रतिदिन एक सय मेगावाट हो।

वर्षा लागेसँगै नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शुक्रबारबाट भारत निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए। प्राधिकरणले गत वर्षदेखि भारततर्फ विद्युत् निर्यात थालेको हो।

यो वर्ष करिब २० अर्बको विद्युत् निर्यात गर्ने सरकारको लक्ष्य छ।