मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइतबारदेखि अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:१३:००

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । उनीहरूले मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । नियामक निकाय नेपाल बिमा प्राधिकरणले जेठ २ गते उक्त दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

यसैगरी, कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएका थिए । त्यसपछि संयुक्त मर्जर कमिटीको बुधबार बिहान बसेको २०औँ बैठकले आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो । 

अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो । गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो । त्यसपछि आवश्यक मर्जर प्रक्रिया सम्पन्न गरेर दुई कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुई कम्पनी १००ः८२.५ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जपछि अजोडको १०० कित्ता सेयर ८२.५ कित्तामा कायम हुनेछ । हाल युनाइटेड इन्स्योरेन्सको एक अर्ब सात करोड ९५ लाख ६८ हजार रुपैयाँ र अजोड इन्स्योरेन्सको एक अर्ब रुपैयाँ चुक्ता पुँजी छ । 

युनाइटेड इस्योरेन्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र लेख्दै दुवै कम्पनीको सेयर कारोबार रोक्का राख्न अनुरोध गरेको छ । सोहीअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । अब एकीकृत कारोबार सुरु गरेपछि  कम्पनीको सेयर कारोबार सुरु हुनेछ । विशेष गरी नियामक निकाय बिमा प्राधिकरणले चुक्ता पुँजी बढाउने नीति ल्याएपछि बिमा कम्पनीहरू मर्जरमा जान थालेका छन् । 

हाल जीवन बिमा कम्पनीको दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब रुपैयाँ र निर्र्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । त्यसपछि थुप्रै बिमा कम्पनीहरू मर्जरमार्फत चुक्ता पुँजी बढाउँदै छन् । सोही क्रममा अजोड र युनाइेड पनि मर्ज हुन लागेका हुन् ।