१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
कञ्चनपुरको महेन्द्रनगरमा नेपाल भारत सीमा सुरक्षा बैठक 
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २३ आइतबार ११:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल–भारतका सीमा सुरक्षाकर्मीको बैठक : सीमा अपराध र तस्करी नियन्त्रण गर्ने सहमति

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३o:oo

नेपाल-भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा नेपाल–भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारती सीमा सुरक्षा बल (एसएसबी) सीमा बैठकले दर्जनौँ विषयमा छलफल गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका सूचना अधिकारी किशाेर ढुंगानाले दुवै देशका सीमा सुरक्षा उच्च अधिकारीबीच सीमा अपराध नियन्त्रणदेखि तस्करी नियन्त्रणका विषयमा निर्णय भएको बताए । 

नेपालका तर्फएबाट सशस्त्र प्रहरी बल नेपाल ७ वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको अध्यक्षतामा भएको बैठकमा दुवै देशका सीमा सुरक्षा अधिकारीबीच सीमा अपराध नियन्त्रण गर्ने, मानव तस्करी रोकथाम, सीमास्तम्भको सुरक्षा, कोडिभ– १९ महामारी रोकथाम, लागुऔषध, हातहतियार तथा विस्फाेटक पदार्थ ओसारपसार नियन्त्रण, जाली नोट मुद्दाको कारोबारमा नियन्त्रण, अवैध सामान ओसारपसारमा नियन्त्रण, सूचना आदान–प्रदानसहितका विषयमा सहमति भएको छ । 

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)का पिलिभित सेन्टर कमान्डर डिआइजी अजय कुमार, अल्मोडा सेन्टरका कमान्डर डिआइजी डिएन बम्बेको उपस्थितिमा भएकाे निर्णय दुवै देशका सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र सीमा सुरक्षा बललाई कार्यान्वयनका लागि निर्देशन दिने जनाइएको छ । आगामी दिनमा समेत सशस्त्र प्रहरी बल (एपिएफ) र सीमा सुरक्षा बल (एसएसबी)बीच आवश्यकताअनुरूप समन्वयतात्मक बैठक बसेर सीमा क्षेत्र थप सुरक्षित पार्ने सहमति भएकाे छ ।

बैठकमा नेपालकाे तर्फबाट सशस्त्र प्रहरी बलका डिआइजी कुमार न्यौपानेसहित एसएसपी किरण ढुंगाना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरू वीरसिंह साहु, वीरेन्द्रसिंह ऐर, डम्बर विष्ट, राजु गौतम, प्रेम रावल, रामहरि अधिकारी र भारतका तर्फबाट सीमा सुरक्षा बलका डिआइजीद्वय डिएन बम्बे, अजय कुमार, कमानडेन्ट देवेन्द्र, सेकेन्ड कमानडेन्ट अनिल कुमार, सुरेन्द्र शर्मासहितका अधिकारी सहभागी  थिए । 

कोरोना महामारीपछि दक्षिण एसियामा नेपाल–भारतमा समेत अर्थतन्त्र धराशायी बनिरहेका वेला भन्सार राजस्व वृद्धिका लागि सीमावारपार चोरी तस्करी नियन्त्रणमा दुवै देशका सीमा सुरक्षा बलले जोड दिएसँगै तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको छ । 
 


 

ad
ad