१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १५ बुधबार १७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीको छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १७:३o:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन्। 

बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव राखेको बताएका हुन्। 

उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहे पनि हालसम्म टुंगो नलागेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि आफूहरूप्रति सद्भाव रहेको बताए। उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए।