
आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताका रूपमा रहने सम्झौता भएको छ । ग्राहकलाई भुक्तानी प्रक्रिया सहज पार्नुका साथै विद्युुतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कम्पनीले सम्झौता गरेको हो ।
सम्झौताअनुसार ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाइएको छ ।
नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरणभरि चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।