१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २७ शुक्रबार १०:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार ल्याउने तयारी

Read Time : > 1 मिनेट
२०७९ माघ २७ शुक्रबार १०:५०:००

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले सञ्चालकहरूलाई शुक्रबार बिहान आठ बजे बैठक बोलाएको डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए । ‘शुक्रबार बिहान आठ बजे बैठक बोलाइएको छ, तर सोही दिन अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन,’ उनले भने ।

पछिल्लो समय निजी क्षेत्रले कर्जाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आइरहेको छ । बजारमा तरलताका सूचकहरू सकारात्मक देखिए पनि ब्याजदर घट्न सकेको छैन । तरलता र ब्याजदरको विवादबीच राष्ट्र बैंकले ल्याउने अर्धवार्षिक समीक्षालाई महŒवका साथ हेरिएको छ । निजी क्षेत्रका छाता संगठनहरूले केन्द्रीय बैंकलाई आ–आफ्ना सुझावहरू दिइसकेका छन् । राष्ट्र बैंकले यसअघि लिएका नीति फिर्ता लिएर सहजीकरण गर्नुपर्ने उनहरूको माग छ । 

राष्ट्र बैंकले विगतमा लिएका नीतिले अर्थतन्त्र संकुचनमा परेको भन्दै निजी क्षेत्रका संघ–संगठनले त्यस्ता नीति फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । बजारमा वस्तु तथा सेवाको माग नै घटाउने उद्देश्य लिइएका नीतिले बैंकको ब्याजदर महँगिएर उद्योगधन्दा मारमा परेको व्यवसायीको गुनासो छ । 

विगतमा शोधनान्तर स्थितिमा चाप परेपछि अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा परेको भन्दै राष्ट्र बैंकले कठोर नीति अपनाएको थियो । विश्व बजारमा चर्किएको महँगीले आयात बढेसँगै नेपालबाट विदेशी मुद्रा भित्रिनेभन्दा बाहिरिने क्रम बढ्यो । राष्ट्र बैंकले उपभोग नै घटाएर बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तारमा कडाइ गरेको थियो । तर, अहिले बाह्य क्षेत्रमा सुधार आएकाले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले आफ्नो कठोर नीति खुकुलो पार्दै लैजानुपर्ने निजी क्षेत्रको तर्क छ ।

 पर्ख र हेरमा बैंक
बजारमा तरलता सहज हुँदै गएपछि कर्जाको ब्याजदर घटाउनुपर्ने चौतर्फी आवाज उठिरहँदा पनि बैंक तथा वित्तीय संस्थाहरू ब्याजदर घटबढका लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै पर्खिरहेका देखिन्छन् । बैंकरहरूले बजारमा माग बढाउने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न राष्ट्र बैंकलाई सुझाव दिइसकेको छ । नेपाल बैंकर्स संघले फागुनमा पनि निक्षेपको ब्याजदरलाई यथावत् नै राख्ने भएका छन् । 

संघले फागुनमा ब्याज नबढाउने सहमति गरेको एक बैंकरले जानकारी दिए । बिहीबार बसेको संघको बैठकले आगामी फागुन महिनामा बैंकहरूको ब्याजदरलाई यथावत् राख्ने निर्णय गरेको हो । ती बैंकरले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिक समीक्षामार्फत कस्तो व्यवस्था ल्याउँछ ? नीतिगत दर फेरबदल हुन्छ कि हुन्न भन्नेमा हामी प्रतीक्षामा छौँ । अहिले पर्ख र हेरको स्थिति छ ।’

संघको यो निर्णयसँगै फागुन महिनामा बैंकहरूको ब्याजदर माघ (हाल कायम) महिनाको सरह नै हुनेछ । हाल वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ११ प्रतिशत रहेको छ । त्यस्तै, संस्थागत मुद्दतीतर्फको ब्याज ९ प्रतिशत रहेको छ ।