मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १८ बुधबार १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, खुम्चियो कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १५:४६:oo

पछिल्लो समय लगातार घटेको सेयर बजार आज बुधबार सामान्य बढेको छ। सेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अंकले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ।

आज माइक्रो फाइनान्स र म्युचयल फन्डबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ। दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन्। बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ।

सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै आदर्श लघुवित्तको सेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको सेयर आठ प्रतिशतले बढेको छ।