१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Monday, 30 June, 2025
कमल खत्री म्याग्दी
२o७९ माघ १० मंगलबार २१:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तेस्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि रघुगंगा माविलाई 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार २१:o२:oo

रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर माविस्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ।

मंगलबार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो।

त्यसैगरी, प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित अमर मावि पाखापानी तेस्रो हुन सफल भएका छन्।

प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीय हुन सफल विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। 

लगातार तीनपटक नै बिजेता बन्न सफल रघुगंगा माविले रनिङ सिल्ड प्राप्त गरेको छ। प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विधातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो। 

प्रतियोगिताको हरेक विधामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद एक हजार, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष खिमबहादुर शाहीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता विद्यालयलाई पुरस्कार प्रदान गरेका थिए।