
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र माछापुच्छ्रे बैंकबीच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका ग्राहकले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने दुवै कम्पनीको दाबी छ । साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोस, ई–कमर्शजस्ता सेवा सजिलै लिन सक्नेछन् ।