Skip This
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ८ आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ८ आइतबार १४:१७:oo

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका– ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी वर्षीय २२ को विष्णु साहको हत्या भएको हो। 

मृतक दुवैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए। 

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा २० लाख मागेको अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरूले बताएका छन्।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए। अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए। 

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ। विष्णु र रोहित परिवारको एक्लो छोरा थिए। क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन्। मृतक दुवैजनाको परिवार यसअघि वडा नम्बर १३ मै एकै ठाउँ बस्दै आएको भए पनि अंशबन्डापछि अलग–अलग भएका थिए। 

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरूको रहेको जानकारी दिए।