दीपक भट्टका दाइ पनि पक्राउ

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बिचौलिया दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका हुन्। काठमाडौं प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । उनी लगानी बोर्डका पूर्वसिइसमेत हुन्। 

काठमाडौं प्रहरीको हिरासतमा रहेका बिचौलिया इनम सापकोटा र भट्टबिच कारोबार देखिएपछि उनी पक्राउ परेको स्रोत बताउँछ। सापकोटामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर सापकोटाले चलखेल गरेको आरोप छ। 
ठुला वित्तीय अपराधमा संलग्न दीपक गत चैतदेखि थुनामा छन्। उनलाई छुटाउन पछिल्लो समय चलखेल भएको भन्दै सरकारले छानबिन गरिरहेको छ। 

सुझावित समाचार