काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोलाइएको ब्युरोले जनाएको छ।
रास्वपा केन्द्रीय सदस्य हिमेश पन्त र पत्रकार श्रेष्ठले एक–अर्काविरुद्ध ब्युरोमा उजुरी दिएकाले दुवै पक्षलाई छलफलका लागि बोलाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले नयाँ पत्रिकालाई जानकारी दिए।