मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Sunday, 13 July, 2025
तस्बिर : मदन कुमार गौतम
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ ६ शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्जबाट काठमाडौं उडेको जहाज भिजिबिलिटी कम भएपछि झापामा अवतरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १o:२o:oo

नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४४० विमान झापामा आकस्मिक अवतरण गरिएको छ । बिहान ७ बजे नेपालगन्जबाट उडेको विमान ९ बजेर ६ मिनेटमा झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौंको भिजिबिलिटी कम्तीमा १६ सय मिटर हुनुपर्ने थियो । तर, बिहान १५ सय मिटर मात्रै भएकाले झापामै अवतरण गर्नुपरेको बताइएको छ । सोही जहाजमा सवार एक यात्रु मदनकुमार गौतमले विमानस्थलको लापरबाहीले यस्तो भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् ।