मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 15 July, 2025
२o७९ पौष ३० शनिबार २o:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता गण्डकीका आर्चरी खेलाडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार २o:o१:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलमा सहभाागी भएर पदक जितेका गण्डकी प्रदेशका खेलाडी र प्रशिक्षकहरूलाई शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ।

गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लबले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा गत २८ असोजदेखि ३ कात्तिकसम्म भएको प्रतियोगितामा पदक जित्ने खेलाडीसँगै प्रशिक्षकहरूलाई सम्मान गरेको हो। प्रतियोगितामा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै च्याम्पियन बनेको थियो।

कार्यक्रममा साउथ एसियन तथा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष वसन्त थकाली, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी क्लबका अध्यक्ष वसन्त गौचनले सम्मानपत्रसहित सम्मान गरेका थिए।