१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:०६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:०६:००

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग उत्तम विधि हो । योगको नियमित अभ्यासले सकारात्मक ऊर्जा दिन्छ । तर, योगले शारीरिक रूपमा फाइदा गरे पनि यसको विधि, समयलगायतका बारेमा ज्ञान हुनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसबारे ज्ञान भएन भने साइट इफेक्ट पनि हुन्छ । योग आसनका बेसिक कुराहरू थाहा हुन आवश्यक हुन्छ । योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ । आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ । जति सचेत भएर गरिन्छ, त्यसले नै बढी फाइदा गर्छ । 

योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर गर्नु राम्रो हुन्छ । खासगरी, भर्खर शल्यक्रिया गरिएको मान्छेले गर्नुहुँदैन । उच्च रक्तचाप, मुटुरोग, मधुमेहलगायत रोग भएकाले योग गर्दा फाइदा पुर्‍याउँदैन । 

योगका विभिन्न विधि एवं आसन हुन्छन् । सबै आसन सबैका लागि उपयोगी हुँदैन । त्यसैले योगासन गर्नुअघि प्रशिक्षकको सल्लाह लिनैपर्छ । 

कुन समयमा गर्ने ? 
योग गर्नका लागि बिहान–साँझको समय उत्तम हुन्छ । बिहान खाना खानुअघि र बेलुकी खाना खानुअघि गर्नुपर्छ । खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुचाहिँ हुँदैन । खाना खाएको कम्तीमा तीन–चार घन्टापछि गर्नुपर्छ । 

कहाँ गर्ने ?
योग गर्न शान्त र स्वच्छ ठाउँको जरुरी हुन्छ । धुलोधुवाँ नभएको ठाउँमा गर्नुपर्छ । यसका लागि होहल्ला नहुने ठाउँ आवश्यक पर्छ । कौसी, खुला कोठा, बगैँचालगायतका ठाउँमा योग गर्नु राम्रो हुन्छ ।