१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अग्निपीडितलाई सेभ द चिल्ड्रेनको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o७:oo

बुधबार मटिहानी नगरपालिका– ६ जरलहवा बस्तीमा भएको आगलागीबाट पीडित परिवारलाई हाइजिन किटसहित दैनिक आवश्यक विभिन्न सामग्री सहयोग गरिएको छ।

मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा शुक्रबार सेभ द चिल्ड्रेनले उक्त सहयोग सामग्री वितरण गरेको हो।

डिग्निटी किट, सरसफाइ सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाँडावर्तन सेट, दुई वर्षसम्मका र तीन वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाका लागि आवश्यक सामग्रीहरूको किट गरी जम्मा ५० किसिमका सामग्री वितरण गरिएको रतौली युवा क्लबका प्रमुख बैजनाथ चौधरीले जानकारी दिए।

बुधबारको आगलागीबाट जरलहवाका एक सय तीन घर जलेका छन्। दुई सय ३६ महिला र दुई सय ३४ पुरुष गरी चार सय ७० स्थानीय विस्थापित भएका छन् ।

ad
ad