१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस काठमाडौं
२o८१ जेठ २ बुधबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महोत्तरीका आगलागीपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:४७:oo

काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६ जरलहवा टोलका आगलागीपीडितलाई रु. १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

महानगर विपत् व्यवस्थापन समितिले आगलागीका कारण विपतमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ।

जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो। आगलागीमा परेर ९१ वटा कच्ची घर र नाैवटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँचवटा बाख्रा, दुईवटा सुँगुर जलेर नष्ट भएका थिए।

ad
ad