Skip This
संकटाले उचाल्यो आहा-रारा पोखरा गोल्डकपको उपाधि 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २३ शनिबार १९:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

संकटाले उचाल्यो आहा-रारा पोखरा गोल्डकपको उपाधि 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १९:२२:oo

संकटा क्लबले २२औँ संस्करणको आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ।

पोखरा रंगशालास्थित फुटबल स्टेडियममा शनिबार भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि हात पारेको हो।

योसँगै संकटाले देस्रोपटक प्रतियोगिताको उपाधि हात पारेको हो। दुवैपटकको फाइनलमा संकटाले पाहुना टोलीलाई पराजित गर्दै उपधि जितेको हो। 

संकटाले यसअघि ०७६ सालमा अफ्रिकन रुट्स एसोसिएसनलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। संकटाको प्रतियोगितामा यो सातौँपटक र भुटनिजको दोसोपटकको सहभागिता हो। 

सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधिसँगै संकटाले १२ लाख र उपविजेता भुटनिज युथले ६ लाख नगदसँगै शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाए। 

विजेता टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निर्देशकद्वय प्रकाश केसी र किरण केसी, आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १० टोलीको सहभागिता रहेको थियो। खेलमा दुई गोलले सुरुवाती अग्रता लिएको संकटाले त्यसलाई जोगाउन नसक्दा उपाधिका लागि अतिरिक्त समयमा जानुपरेको थियो। 

पहिलो हापमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै भुटनिज युथले पहिलो हापमै खेललाई बराबरीमा पुर्याएको थियो। 
दोस्रो हापमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल निर्णयका लागि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा संकटाले गोल गर्दै उपाधि हात पार्न सफल भएको हो। 

यसअघि खेलको ८औँ मिनेटमा संकटाका सुरजजिउ ठकुरीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। निशान खड्काले बायाँ कर्नरनजिकैबाट दिएको लामो पासलाई ठकुरीले पोस्टमा चार्ज गर्दा विपक्षी किपर पूजन थापामगर रोक्ने क्रममा उनको हतमा लागेर रिबाउन्ड भएको बललाई ठकुरी डिबक्सभित्रबाट पोस\टको सही दिशा दिन सफल भएका थिए।

खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले हेड गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। कप्तान सुनील बलले दिएको क्रस पासलाई उनले उपयोग गरेका थिए। 

दुई गोलले पछि परेको अवस्थामा खेलको ३७औँ मिनेटमा भुटनिज युथका लागि रेनी स्यान्टिलोनले  गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। मिगेल पालाफोक्सले दिएको क्रस पासलाई उनले उपयोग गरेका थिए। पहिलो हापको इन्जुरी समय ४५+३ मा धीरज थाजलीले फिकिक बललाई उपयोग गर्दै विल्स ग्रिफितले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

पहिलो हाप बराबरीमा सकिएपछि दोस्रो हापमा दुबै टोलीबाट कुनै गोल नभएपछि निर्णयका लागि ३० मिनेटको समय थप गरिएको थियो।

थपिएको ३० मिनेटको समय सकिन तीन मिनेट बाँकी रहँदा खेलको ११७ मिनेटमा संकटाका लागि सुनील बलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। डिबक्स क्षेत्रमा खेलका म्यान अफ दी म्याच मेसुकेले मिलाइदिएको पासलाई बलले पेनाल्टी क्षेत्रबाट दोस्रो बार च्यापेर हानेको बलले जाली चुमेको थियो। संकटाको जितमा बलले गरेको गोल नै निर्णायक बन्यो।

फाइनल भिडेका दुवै टोली यसअघि बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेका थिए। भुटनिजले क्वार्टरफाइनलमा मनाङ मस्याङदी र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्बललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। 

यसैगरी, संकटाले क्वार्टरफाइनमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई र सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई पराजित गरेको थियो।

यी हुन् उत्कृष्ट खेलाडी 

सर्वोकृष्ट  खेलाडी : संकटाका सुनील बल (स्कुटर पुरस्कार) 

सर्वाधिक गोलकर्ता : संकटाका मेसुके (चार गोल)

उत्कृष्ट  डिफेन्डर : भुटनिज युथका हेक्टर ओरर्टेगा

उत्कृष्ट गोलरक्षक : संकटाका टिकेन्द्रसिंह थापा

उत्कृष्ट मिडफिल्डर : संकटाका आयुष घलान

उत्कृष्ट स्टाइगर : संकटाका स्टेफन बियोङ

उत्कृष्ट प्रशिक्षक : संकटाका सल्यान खड्की  (विधागत रूपमा उत्कृष्टले २५ हजार नगदसँगै टफ्री  र पुरस्कार पाए)

फेएर प्ले : धरान फुटबल क्लब