१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले उक्त अस्पतालका विभिन्न सेवामा १३ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

बैंकले भारतको दिल्लीमा रहेको मेदान्त हस्पिटललगायत मुलुकको करिब २५ अस्पतालसँग छुट सहकार्यको सम्झौता गरेको जनाएको छ । हाल बैंकले देशभरमा एक सय ८० शाखा, तीन विस्तारित काउन्टर, एक सय ३३ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad