१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०६:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०६:५१:००

फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो । पेले क्यान्सरबाट पनि ग्रसित थिए  । २९ नोभेम्बरमा पेलेलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो । 

गत महिना नियमित चेकअप गर्न पेले अस्पताल पुगेका थिए । त्यहाँ नै उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रँदै गएको थियो । पेलेको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले उनलाई आइसियूमा राखी उपचार गरेको थियो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो  । 

कतारमा विश्वकप सुरु हुनु दुई साताअघि पेलेले ब्राजिलियन टोलीलाई शुभकामना दिएका थिए । ब्राजिलियन खेलाडीलाई छैटौँपटक विश्व च्याम्पियन बन्न सन्देश दिँदासम्म पनि पेलेको स्वास्थ्यमा केही खराबी आएको थिएन । 

सन् १९५८, १९६२ र १९७० मा पेलेले ब्राजिललाई विश्वकप उपाधि दिलाएका थिए । उनले ब्राजिलियन टोलीबाट ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन् ।