१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष १३ बुधबार ११:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफ इन्स्योरेन्सका अभिकर्ताको गोसाइँकुण्ड हेली टुर

Read Time : < 1 मिनेट
२०७९ पौष १३ बुधबार ११:१७:००

 नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि आयोजना गरेको ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताका लागि सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई काठमाडौं बुढानीलकण्ठबाट हेलिकोप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले यस प्रकारको भ्रमणले अभिकर्ताको मनोबल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीले देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुईजना अभिकर्तालाई उनीहरूको अथक परिश्रम र मिहिनेतको कदर गर्दै सम्मान पनि गरेको जनाएको छ ।

कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।