१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तरकारी फलफूल साकोसको २३औँ साधारणसभा सम्पन्न

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२७:oo

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष ०७८–७९ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष ०७९–८० का लागि कार्यक्रम एवं बजेट, लेखापरीक्षकको व्यवस्था एवं पारिश्रमिक तोक्नेसम्बन्धी प्रस्ताव, विनियम संशोधन, आन्तरिक नीति, कार्यविधि संशोधन एवं पारित गर्नेसम्बन्धी लगायतका प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले सेयर सदस्यहरूलाई १२ प्रतिशत नगद बोनस वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ । 

६ करोड ७१ लाख ४६ हजार तीन सय सेयर पुँजी रहेको यस संस्थामा ४१ करोड ९५ लाख ४० हजार १२० रुपैयाँ सदस्य बचत रहेको छ । दुई हजार तीनजना सेयर सदस्य रहेको यस संस्थाले चालू आर्थिक वर्षमा ४८ करोड १३ लाख ८६ हजार आठ सय ६७ रुपैयाँ ऋण लगानी गरेको व्यवस्थापक विमला पुडासैनीले जानकारी दिइन् । 

चालू आर्थिक वर्षमा दुई करोड ४७ लाख ८२ हजार नाै सय ३१ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । दुई करोड ११ लाख ६४ हजार ६ सय ६१ रुपैयाँ खुद मुनाफा गरेकोमा ५२ लाख ९१ हजार एक सय ६५ रुपैयाँ जगेडा कोषमा राखेको छ । योसमेत गरी यस संस्थाको जगेडा तथा अन्य कोषमा नौ करोड ११ लाख २९ हजार तीन सय ५२ रुपैयाँ पुगेको छ । 

चालू आर्थिक वर्षको जगेडा कोषमा छुट्याएबापत बाँकी रहेको रकमबाट २५ प्रतिशत अर्थात् ३९ करोड ६८ लाख तीन सय ७४ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषमा राखेको छ भने ७६ लाख ८६ हजार सात सय ४० रुपैयाँ सेयर लाभांश कोषमा राखी १२ प्रतिशत लाभांश वितरण गरेको छ । 

२१ माघ ०५६ मा ३० जना सदस्यको ३१ हजार नाै सय सेयरपुँजीबाट सुरु भएको यस सहकारीमा हाल एक हजार नौ सय ६२ सदस्य छन् भने ६ करोड ७१ लाख ४६ हजार तीन सय सेयर पुँजी रहेको संचालक समितिका सचिव हरिकृष्ण धेकेले जानकारी दिए । 

यो सहकारी संस्थाले ०७८–७९ मा कास्कुनबाट उत्कृष्ट साकोसको रूपमा सम्मान प्राप्त गरेको छ । यस संस्थाले साधारण बचतमा ६.५, महिला बचतमा ७, मेगा बचतमा ५.५०, बालबचतमा ८, सदस्यता (मासिक) बचतमा ७ प्रतिशत ब्याजदर दिने गरेको छ । 

यस्तै, भ्रमण, पर्व, गहना बचतमा ८, प्रारम्भिक बचतमा ७, भाडा बचतमा ३.५०, कोष बचतमा २.५०, बालशैक्षिक बचतमा ९ तथा आवधिक बचतअन्तर्गत ३ र ६ महिनामा १२ तथा एक वर्षलाई १३ प्रतिशत ब्याजदर दिने गरेको छ ।

सहकारीले विभिन्न समयमा सेयर सदस्यहरूका लागि पटकपटक विस्तारित मञ्च, सञ्चालकहरूको क्षमता विकास आधारभूत तालिम, ऋण परामर्श कक्ष, सहकारी अभिमुखिकरण तालिम, सहकारी शिक्षा र बालबचतकर्ता रमाइलो कार्यक्रमलगायत सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै, महिला सेयर सदस्यहरूलाई सुत्केरी हुँदा पाँच हजार रुपैयाँ भत्ता दिने गरेको छ । 

सोल्टीमोडस्थित कालिमाटी ब्याङ्क्वेटको सभाहलमा अधिकांश सेयर सदस्यको उपस्थितिमा सहकारीको साधारणसभा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन समारोहमा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ प्रमुख अतिथि थिए । 

यस्तै, विशेष अतिथिका रूपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का कोषाध्यक्ष एवं कास्कुनका अध्यक्ष दीपक पनेरूलाई बोलाइएको थियो । उद्घाटन सत्रमा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) का सचिव शालिकराम पुडासैनी, सहकारीका पूर्वअध्यक्ष उज्वल कार्कीलगायतले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रममा कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सञ्चालक समिति सदस्यहरू, कालीमाटीवरिपरि रहेका विभिन्न संघसंस्था, सहकारीका अध्यक्ष एवं प्रतिनिधि, सहकारीका सल्लाहकारहरूलगायत उपस्थित थिए ।

सो अवसरमा सहकारीले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण सेयर सदस्यका छोराछोरीलाई विशेष सम्मान गरिएको थियो । 

यस्तै, ०७८–७९को उत्कृष्ट कर्मचारी सम्मान, सामाजिक गतिविधिअन्तर्गत गम्भीर रोगबाट पीडित सेयर सदस्यहरूलाई प्रदान गरिने उपचार खर्च तथा दुर्घटनामा परी निधन भएका सेयर सदस्यका परिवारलाई दुर्घटना बिमाबापतको रकम प्रदान गरिएको थियो । 

ad
ad