मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
तस्बिर : हिन्दूस्तान टाइम्स
एजेन्सी नयाँ दिल्ली
२०७९ मङ्सिर १९ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
२०७९ मङ्सिर १९ सोमबार ११:१५:००

नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको छ। प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि यहाँ कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको छ।

यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग (सिएक्युएम)ले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ। विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सो प्रतिवेदनमा नयाँदिल्लीमा वायु प्रदूषण कम गर्न आवश्यक सबै प्रकारका उपाय अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ। सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदूषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् ४०७ पुगेको देखाइएको छ। यो एक्युआई तह २०१ देखि ३०० सम्म कमजोर अर्थात् खराब, ३०१ देखि ४०० सम्म झन् खराब र ४०१ देखि माथि ५०० सम्मलाई गम्भीर तह अर्थात् घातक मानिएको छ। 

नयाँदिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरीसम्म) वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ। यस वर्ष अहिले नै यहाँको प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदूषणको मात्रा निकै बढ्ने संकेत देखिएको छ। रासस/सिन्ह्वा