मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया- ५ श्रीपुरका २८ वर्षीय श्याम लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार धरान–चतरा सडकखण्डअन्तर्गत बकैया- ५ हात्तीसुँडे श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका लामालाई उपचारको क्रममा हेटौँडा- ११ स्थित  चुरेहिल अस्पताल  पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार