मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Tuesday, 18 March, 2025
२o७९ मङ्सिर १० शनिबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाले गर्‍यो उपल्लो डोल्पाबाट गर्भवती महिलाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १७:१४:oo

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकाेप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुर्‍याइएको हो।

प्रसव पीडामा छटपटाइरहेकी लामा जिल्ला अस्पताल पुग्न हिँडेर चार–पाँच दिन लाग्ने भएकाले पनि मानवीय संवेदनालाई ख्याल गरी सेनासँग समन्वय गरेर हेलिकाेप्टरमा दुनै झारिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए।

उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि उनको सुरक्षित सुत्केरीका लागि सदरमुकाम झारिएको हो। निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकाेप्टरले गर्भवती महिलाको उद्धार गरेको हो।