मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७९ मङ्सिर २ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
विश्व

सुरक्षा परिषद् विस्तार गर्न बेलायतद्वारा आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १८:३७:oo

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा नयाँ स्थायी सिट सिर्जना गर्न बेलायत सहमत भएको छ। साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषदमा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद् विस्तारका निम्ति आह्वानसमेत गरेको छ।  

सुरक्षा परिषद् सुधार सम्बन्धमा बिहीबार भएको वार्षिक बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बारबरा वुडवर्डले स्थायी र गैरस्थायी सदस्यका लागि आफ्नो देशको समर्थन रहेको दोहोर्‍याइन्। 

उनले संयुक्त अधिराज्यले लामो समयदेखि सुरक्षा परिषद्को स्थायी र अस्थायी सिट विस्तारको आह्वान गर्दै त्यसलाई समर्थन गरेको बताउँदै सुरक्षा परिषद्को कुल सदस्यतालाई २० को हाराहारीमा पुर्‍याउने प्रस्तावमा पनि आफ्नो राष्ट्रको विमति नरहेको स्पष्ट गरिन्।

‘हामी भारत, जर्मनी, जापान र ब्राजिलका लागि नयाँ स्थायी सिटहरूको निर्माणका साथै परिषदमा स्थायी अफ्रिकी प्रतिनिधित्वको समर्थन गर्छौँ,’ उनले भनिन्। 

महासभाले आफ्नो वार्षिक बहसलाई वक्ताहरूले १५ सदस्यीय निकायलाई विस्तार गर्न र त्यसलाई पारदर्शी, समावेशी, प्रतिनिधिमूलक, जवाफदेही एवं प्रभावकारी बनाउन अपिल गर्दै आफ्नो वार्षिक बहस प्रारम्भ गरेको थियो। 

बहसमा भाग लिँदै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले ब्राजिल, जर्मनी, जापानलगायत जी– फोरका तर्फबाट मन्तव्य व्यक्त गर्दै चार दशकसम्म समतामूलक प्रतिनिधित्व पाएको परिषदमा ठोस काम हुन नसकेकामा खेद प्रकट गरिन्।