विराटनगर महानगरको प्रतीक चिह्न बनाउनेलाई एक लाख पुरस्कार

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ। यसका लागि महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी भइसकेको छ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन महानगरले आह्वान गरेको छ। मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

छनोटमा परेको उत्कृष्ट लोगोलाई रु. एक लाख नगदले पुरस्कृत गरिने बताइएको छ। छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ। लोगोमा समेटिनुपर्ने विषय र सर्त महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

सुझावित समाचार