भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर)
भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर खेतहरू पहेँलपुर बनेका छन्। धान काट्ने समय नजिकिएसँगै किसानहरू बाली भित्र्याउने तयारीमा जुटेका छन्।
दसैँ–तिहारको आसपास धान पाक्ने यस मौसममा भक्तपुरका खेतमा देखिएको पहेँलपुर दृश्यले ग्रामीण परिवेशलाई झल्काएको छ। पाकेको धान भित्र्याउन किसानहरू खेतमा व्यस्त हुन थालेका छन्।
एनपिएलको तेस्रो सिजनमा विश्वका स्टार खेलाडीको जमघट हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै गर्दा टिमहरूले विश्वका एकपछि अर्का चर्चित खेलाडीलाई अनुबन्ध गरिरहेका छन्। विश्वका स्टार क्रिकेटरको जमघट हुने भएपछि यस सिजनको एनपिएल थप रोमाञ्चक हुने देखिएको छ।
टी– २० मा विस्फाेटक ब्याट्सम्यान डेभिड वार्नरदेखि डेभिड मिलरसम्म एनपिएल खेल्न नेपाल आउँदै छन्। वार्नरलाई काठमाडौं गोर्खाज तथा मिलरलाई कर्णाली याक्सले अनुबन्ध गरेको हो। त्यस्तै, बंगलादेशका चर्चित क्रिकेटर सकिब अल हसन पोखरा एभेजन्जर्सबाट खेल्दै छन्। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथुजलाई विराटनगरले टिममा राखेको छ। वेस्ट इन्डिजका अलराउन्डर एन्ड्री रसेललाई पनि विराटनगरले खरिद गरेको छ ।
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्यो
दसैँको टीका तथा आशीर्वाद ग्रहण गरी काठमाडौं उपत्यका फर्किने यात्रुको संख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ।
यू– १९ महिला विश्वकपको तयारीमा नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
आइसिसी यू– १९ महिला टी– २० विश्वकपको तयारीलाई थप मजबुत बनाउने उद्देश्यले नेपाली यू– १९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
नेपालले आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू– १९ गर्ल्स टी– २०आई’ प्रतियोगिता खेल्नेछ। प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्यान्ड र हङकङका टोली सहभागी हुनेछन्।
वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिमपछि राष्ट्र बैंकका सेवा अस्थायी रूपमा बन्द
वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार (आज) अत्यावश्यक सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
सेवा अवरुद्ध रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालहरू हेर्न आग्रह गरिएको छ।
यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको संख्या घटेर १०५ पुगेको छ। दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको हो। त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको संख्या सातजनाले कम भएको छ। ट्राफिक प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना, नियमित अनुगमन र संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको जनाएको छ।
आगामी साता हिमपात र वर्षाको सम्भावना, तापक्रम घट्ने
आगामी साताको सुरुवात र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव तथा अन्त्यमा बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव रहने सम्भावना छ।
मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हल्कादेखि भारी हिमपात, पहाडी क्षेत्रमा हल्कादेखि भारी वर्षा तथा साताको अन्त्यमा तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना बढी रहेको छ
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
जलवायु परिवर्तनका कारण भोटेकोशी–त्रिशूली नदीमा गत १० भदाैमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) बाट २० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने निर्णय भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कोषको बोर्डको बिहीबार बसेकाे विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।
कर्णाली याक्सबाट खेल्न अरिफुल र अकबर नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका दुई बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन् । तेस्रो एनपिएल खेल्न दुई खेलाडी नेपाल आइपुगेको क्लबले जनाएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए ।
बंगलादेशको यू– १९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले सात खेलमा २१९ रन बनाएका थिए । दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए । उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।
चोरी गरेको तीन थान मोटरसाइकलसहित एकजना पक्राउ
जिल्ला सदरमुकाम समेत रहेको सिराहा नगरपालिका– ७, सिराहा बजार क्षेत्रमा बस्दै आएका एक युवकलाई प्रहरीले चोरी गरेर राखिएका तीन थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
सिराहा नगरपालिका– ९, गुलरिया घर भएका करिब २५ वर्षीय ऋषिकुमार यादवलाई चोरी गरेर राखिएको तीन थान मोटरसाइकलसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।